काठमाडौं - गढीमाई मेलामा आजबाट बली चढाउन सुरु गरिएको छ । आज बिहान पूजापाठ गरेर बलि चढाउन सुरु गरिएको हो । बली चढाउनका लागि हजारौं श्रद्धालु भक्तजनहरु बिहानैदेखि मन्दिरमा लाइन लागेका छन् ।

बोका, राँगा र परेवालगायत पशुपन्छी गढीमाईमा बली चढाइने गरिन्छ । नेपालसहित भारतबाट पनि बलि दिन श्रद्धालुहरु गढीमाई पुगेका छन् । प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाई १ स्थित बरियारपुरमा गढीमाई मेला लाग्ने गर्छ । मेला मंसिर मसान्त सम्म चल्नेछ ।