काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । 

यसैगरी, महाशाखाले हाल हाल देशको  पश्चिमी भू–भागमा सामान्य र मध्य तथा पूर्वी पहाडी  भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने पश्चिमी  भू–भागका  केही स्थानहरुमा र मध्य तथा पुर्वी  पहाडी भू–भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। यता, हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले राति देशको पश्चिमी र मध्य भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहने जानकारी दिएको छ । 

त्यस्तै, देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग  तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।  हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम  हिमपातको सम्भावना रहेको छ ।