नेपालमा थप ३ हजार ७५० जनामा कोरोना पुष्टि,५ हजार २२५ संक्रमणमुक्त
खबर एक्सप्रेस
२०७८-०२-२८ ०५:४६ मा प्रकाशित
Total Shares: 293
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३७५० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २७०९ र एन्टिजेन विधिबाट १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ४ हजार ३९६ र एन्टिजेनबाट १८ हजार ७५५ जना पुगेको छ ।
यस्तै, आज थप ५ हजार २२५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख २० हजार ५१६ पुगेको छ । निको हुनेको दर ८६.२ प्रतिशत छ ।
आज संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ३०५ पुगेको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस