केपी ओलीले तेस्रो पटक लिए प्रधानमन्त्रीको सपथ
खबर एक्सप्रेस
२०७८-०१-३१ ०३:४९ मा प्रकाशित
Total Shares: 281
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पुर्याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् ।
विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ ।
फेसबुक पेज Like गर्नुहोस