काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीले सभामुखको  उम्मेदवार  बनाएका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सापकोटाविरुद्ध रिट दायर गरेका हुन् । अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।

काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा सत्तारुढ नेकपाले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

विपक्षी नेपाली कांग्रेसलेसमेत सापकोटालाई सभामुख बनाउन समर्थन गर्दै उम्मेदवारी दिएको छैन ।