काठमाडौं-यस वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात डिसेम्बर २२ अर्थात् आज परेको छ ।

भूगोलको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन भए पनि दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने भएको कारण उत्तरी गोलार्धमा बस्ने मानिसहरूका लागि सबैभन्दा छोटो र दक्षिणी गोलार्धमा बस्ने मानिसहरूका लागि सबैभन्दा लामो दिन आज हो । ।

हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रांन्ती) उत्तरी खण्ड सूर्यबाट –२३.४ डिग्रीले टाढा ढल्किँदा हुने गर्छ । जसका कारण सूर्यको किरण अन्य समय भन्दा थोरै आउँछ र रात धेरै हुन्छ । 

वर्षको सबैभन्दा छोटो समयले आउंदै गरेको क्रिसमसलाई अझ थप रौनक थपिदिने गर्छ । यसबाट मानिस क्रिसमस नजिक आएको पनि सम्झिन्छन् । आजको दिन यो वर्षकै सबै भन्दा छोटो भए पनि भोलि देखि भने दिनहरू क्रमशः बढ्दै जानेछन् ।