सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै
खबर एक्सप्रेस
२०७९-०५-१६ ०८:३३ मा प्रकाशित
Total Shares: 215
काठमाडौं - सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बैठक बस्न लागेको हो ।
कार्यदल बैठकमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका थिए। छलफल सकारात्मक चलिरहे पनि दलका नेताहरु आआफ्नो अडानमा अडिग रहँदा टुंगो लाग्न भने बाँकी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस