विशेष महाधिवशेनको काउन्टरमा कांग्रेस संस्थापन पक्षले बोलाए भेला
काठमाडौं-नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले भेला बोलाएका छन् ।
शुक्रबारका लागि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाइएको हो ।
पार्टीभित्र विवाद चर्किएका बेला थपबारे थप छलफल गर्न भेला बोलाइएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार भोलि दिउँसो साढे ११ बजे आनन्दभूमी पार्टी प्यालेसमा भेला बोलाइएको र केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन पत्र पठाइएको छ । भेलाको संयोजन गर्ने जिम्मा किरण पौडेललाई दिइएको छ ।
कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि पुस २५ गते शुक्रबार दिउँसो १ बजे आनन्दभूमि पार्टी प्यालेसमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।
यसअघि पनि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू निर्वाचनअगावै महाधिवेशन हुने नहुने पक्षमा अडान राख्दै विभिन्न भेला आयोजना गर्दै आएका छन्।
यसैबीच संस्थापन पक्षलेविशेष महाधिवशेनको काउन्टरमा ‘आमनिर्वाचन, १५ औं महाधिवेशन र युवाको भूमिका’ नाम दिएर भेला आयोजना गर्न लागेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन् । विशेष महाधिवेशनको तयारी तीव्र पारिएपछि संस्थापन पक्षले त्यसलाई काउन्टर दिने तयारी गरेको छ ।
जसअनुसार विशेष महाधिवेशन उद्घाटन हुने दिन अर्थात् पुस २७ गते संस्थापन पक्षले युवा भेला आयोजना गरेको छ । उक्त भेलालाई तरुण दलका अध्यक्ष विद्धान गुरुङले संयोजन गर्नेछन् । भने पुस २८ गते देशभरका जिल्ला सभापतिहरुको भेला समेत बोलाउने तयारी गरिएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी तीव्र पारेपछि संस्थापन पक्ष थप सक्रिय भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस