नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान
खबर एक्सप्रेस
२०७८-०७-१२ ०२:१७ मा प्रकाशित
Total Shares: 472
काठमाडौं - नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ ।
बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ ।
सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए । भित्र बार एशोसिएसनकाे बैठक चलिरहँदा बाहिर न्यौपाने र चुडालबीच हानाहानकाे स्थिति सिर्जना भएकाे हाे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस