काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर एक लाख २ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । आइतबार तोलामा १ हजार ३६० रुपैयाँमा किनबेच भइरहेको चाँदी सोमबार १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।