काठमाडौं-माछापुच्छ्रे बैंक लि २४औं वर्षमा प्रवेश गरेको छ । २४औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले २० वर्ष भन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीलाई सम्मान प्रदान गरेको छ ।

बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रुपमा निरन्तर मार्गदर्शन तथा साथ दिनुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गरे ।

बैंकको सञ्चालक समितिका सदस्य जयमुकुन्द खनालले बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकलाई धन्यवाद दिए ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधा (डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ । अफरअन्तर्गत २ जना भाग्यशाली फोनपे मर्चेन्टले सामसुङ ट्याब्लेट, १ जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् । साथै बैंकको १ जना ग्राहकले एमबिएल एम स्मार्टबाट फोनपे बिल्समार्फत बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यी अफर असो महिनाभर कायम रहेने बैंकले जानकारी दिएको छ ।

बैंकका ग्राहकले दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँलगायतका विभिन्न सुविधा पनि पाउने बैंकको भनाइ छ ।