मौसम:गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना
खबर एक्सप्रेस
२०७९-०७-०४ ०८:४० मा प्रकाशित
Total Shares: 247
काठमाडौं - हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने भएकाे महाशाखाले जनाएकाे छ ।
फेसबुक पेज Like गर्नुहोस