काठमाडौं - सरकारले जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विशेश्वरप्रसाद भण्डारी सदस्य छन् ।

उक्त आयोगको कार्यकाल ३ महिनाको रहनेछ ।