काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २४०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६९४ र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । 

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

यस्तै, आज थप ३९९४ जना कोरोना संक्रमण मुक्त भएका छन्  । आज संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ ।