असार २५ सम्म बाढीको खतरा, यी नदीमा बढ्नेछ बहाव
खबर एक्सप्रेस
२०७८-०३-२३ १०:१३ मा प्रकाशित
Total Shares: 206
काठमाडौं - आजदेखि यही असार २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बूढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तर पार गर्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, सप्तकोसी र यसका सहायक नदीहरू सुनकोसी, भोटेकोसी, तामाकोसी, दूधकोसी, अरुण तमोरलगायतमा बहाव बढ्नेछ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
तिनाउ, कन्काई, कमला, वाग्मती र यिनका सहायक नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस