काठमाडौं - अमेरिकामा कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका महेश पन्थीको निधन भएको हो ।

उनको केही दिनदेखि भर्जिनियाको फेयरफ्याक्स काउन्टी स्थित इनोभा फेयर ओक्स अस्पतालमा उपचार भाइराखेको थियो ।

उपचारका क्रममा उनको निधन भएको हो । नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थीका आमा, एक श्रीमती, एक छोरा र एक छोरी छन् ।