काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले प्रबद्र्घन गरेको मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना मेगा म्युचुअल फण्ड–१को इकाई बाँडफाँड गरिएको छ । बैंकले बाह्र करोड पचास लाख इकाई अर्थात् एक अर्ब पच्चिस करोड रुपैयाँ बराबरको इकाई बाँडफाँड गरेको हो । 

प्रति इकाई मूल्य १० रुपैयाँ दरको दस करोड इकाईमध्ये न्यूनतम एक करोड पचास लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम पन्ध्र प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक नेपाल लिमिटेडको लागि सुरक्षित राखि बाँकी न्यूनतम आठ करोड पचास लाख इकाईको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप सामुहिक लगानी कोष इतिहासमा सबै भन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम गर्दै १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको थियो, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको हो । उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ । 

धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन ३० बमोजिम बाँडफाँड तालिका अनुसार रितपूर्वक प्राप्त आवेदन मध्ये १०० इकाई देखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १,५५,८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको, ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४३६,३३० इकाई बाँडफाँड गर्नुका साथै बाँकि रहेको २९० इकाई ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत् थप १० इकाई बाँडफाँड गरिएको छ ।