इंग्लिस प्रिमियर लिग: हालान्डको ह्याट्रिकमा सिटीको जित
खबर एक्सप्रेस
२०७९-०५-१६ १०:०७ मा प्रकाशित
Total Shares: 290
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
घरेलु मैदानमा सिटीले नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिकमा नटिङहम फरेस्टलाई ६–० को अन्तरले पराजित गरेको हो ।
हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक पूरा गरेका हुन् । यसअघि हालान्डले क्रिस्टल प्यालेसमाथि ४–२ को जित निकाल्दा ह्याट्रिक पूरा गरेका थिए ।
यस्तै जुलियन अल्भारेजले दुई तथा जोआ कान्सेलोले एक गोल गरे।
जितसँगै सिटीले ५ खेल १३ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा रहेको छ । फरेस्ट ४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस