काठमाडौं - काठमान्डु गोर्खाजका बलर चम्किँदा विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपीएल) मा ८३ रनमै समेटिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको काठमान्डुले विराटनगरलाई १८.३ ओभरमा अलआउट गरेको हो।

जारी सिजनको यो सबैभन्दा कम योगफल हो। यसअघि सुदूरपश्चिमविरुद्ध लुम्बिनी लायन्स ८७ रनमा अलआउट भएको थियो।

विराटनगरका तीन ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाउन सके। एक समय ९.४ ओभरमा ३५ रन जोड्दा ७ विकेट गुमाएको विराटनगरलाई एन्जेलो म्याथुज र रुपेश सिंहले आठौँ विकेटका लागि ३९ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरे।

रुपेशले सर्वाधिक २६ र म्याथुजले २२ रन बनाए। बसिर अहमदले १० रन जोडे। काठमाडौंका सन्तोष यादवले ३ तथा सहान र जहानदाद खानले समान २ विकेट लिए। करण केसी, साहब आलम र देव शाहले एक–एक विकेट हात पारे।

अब काठमान्डुले जितका लागि ८४ रन बनाउनुपर्नेछ।