राष्ट्रिय सभा उपनिर्वाचन आज: बादल भर्सेस् देवकोटा
काठमाडौं - बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि रिक्त भएको पदमा आज उपनिर्वाचन हुन लागेको हो ।
चुनावी मैदानमा सत्तारुढ एमालेको तर्फबाट थापा, विपक्षी गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै नेपाल पक्ष)को समर्थनप्राप्त खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ रहेका छन् । थापाले सूर्य, देवकोटाले कलम र तामाङले मादल चिह्न पाएका छन् । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् र, दुवै नेकपा एमालेका नेता हुन् । बादल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार हुन् भने देवकोटा एमालेकै नेपाल पक्षका ।
निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज बिहान ९ बजे बाट दिउँसो ३ बजेसम्म हुने मतदान हुनेछ । जसमा कोरोना संक्रमितले पनि मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।
मतदानका लागि तीन बुथ तयार गरिएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्य, ‘ख’मा स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । कोरोना संक्रमण परेका प्रदेशसभा सदस्य, स्थानीय तह प्रमुख तथा उपप्रमुखका लागि ‘ग’ बुथ बनाइएको छ । मतदान हेटौंडा उपमहानगर–४ स्थित भुटनदेवी माविमा हुनेछ ।
कुनै प्राविधिक समस्या नआएको खण्डमा उपनिर्वाचनको परिणाम आजै आउन सक्ने आयोगले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस