काठमाडौं - लुम्बिनी प्रादेशिक अस्पतालका पाँचजना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ । कोरोना भाइरस ९कोभिड(१९० संक्रमणको महामारीका बेला कामकाजमा नआउने करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ तर, बिना जानकारी कार्यालयमा हाजिर नभएपछि प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सकलाई बर्खास्ती गरिएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा। बरदान वली र डा। ताराप्रसाद शर्मा, ईएनटी विभागका डा। प्रकाश न्यौपाने, युरोसर्जन डा। सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा। प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो ।

.gif)


