कोरोना संक्रमणबाट थप एक चिकित्सकको मृत्यु
खबर एक्सप्रेस
२०७७-०८-२९ १०:२५ मा प्रकाशित
Total Shares: 229
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप एक चिकित्सकको मृत्यु भएको छ ।
कोरोना पुष्टि भएका छाती रोग विशेषज्ञ डा. नबिन बस्नेतको उपचारका क्रममा आइतबार साँझ निधन भएको हो । उनी मेडिसिटि अस्पतालमा उपचाररत थिए । बस्नेतलाई क्षयरोगको समस्यासमेत थियो ।
डा. बस्नेत नेपाल प्रहरी अस्पतालका क्षयरोग विभागका संस्थापकसमेत रहेका थिए ।
फेसबुक पेज Like गर्नुहोस