नेपालीहरुको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर
खबर एक्सप्रेस
२०७९-०२-१५ ०४:३० मा प्रकाशित
Total Shares: 275
काठमाडौं - नेपालीहरुको प्रतिव्यक्ति आय वार्षिक १३८१ अमेरिकी डलर पुगेको छ। केही समयअघिमात्र केन्द्रीय तथ्यांक विभागले नेपालीहरुको प्रतिव्यक्ति आय १३७२ डलर पुगेको जनाएको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष १४२ डलरआय वृद्धि भएको हो।
गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १२३९ डलर रहेको थियो। आर्थिक वर्ष ०७५/७६ मा ११९४ रहेको प्रतिव्यक्ति आय क्रमशः ०७६/७७ मा घटेर ११५६ र ०७७/७८ मा बढेर १२३९ पुगेको थियो।
फेसबुक पेज Like गर्नुहोस