अवैध संरचना हटाउने क्रम जारी
काठमाडौं - काठमाडौं महानगरपालिकाले वनस्थलीको ढुङ्गेधारामा रहेका अवैध संरचनामा हटाएको छ ।
नक्सा पास नगरि बनाइएका संरचना महानगरले डोजर लगाएर भत्काएको हो । ढुङ्गेधारामा अवैध रुपमा घरटहरा बनेका र हटाएको महानगरपालिकाले जनाएको छ । महानगरका मेयर बालेन्द्र शाहले गएको बुधबार नै अवैध रुपमा बनाएका संरचना हटाउन निर्देशन दिएका थिए।
यसअघि महानगरले बानेश्वरको अल्फाबिटाको संरचना हटाएको थियो भने बुधबार काठमाण्डौ मल अगाडिको संरचना हटाएको थियो । काठमाडौं महानगरपालिकाले अनाधिकृत संरचना हटाउने अभियान अन्तरगत शुक्रबार त्रिपुरेश्वरमा रहेको राहदानी विभागको पार्किङ क्षेत्र खाली गराएको थियो ।
महानगरपालिकाले गएको सोमवारदेखि नक्सा विपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि त्यहीअनुसार प्रयोग नगरिएका संरचना हटाउने अभियान थालेको हो ।
अभियान अन्तरगत बानेश्वर कम्प्लेक्स, काठमाण्डौ मल, आरबी कम्प्लेक्सका १४ साना पसल र अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइ सकिएको छ । आनाकानी गर्दै आए अरु ठाउँका संरचनामा पनि डोजर चलाउन महानगर बाध्य हुने महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस