काठमाडौं-टेरामक्स प्रविधिले कल रेकर्ड नगर्ने विज्ञद्वारा प्रष्ट  प्रविधि जडानले उपभोक्तालाई हुने फाइदा यस्ता छन् 

काठमाडौं टेलिकम्युनिकेशन ट्राफिक मनिटर एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रविधिले  फोन ‘ट्यापिङ’ नगर्ने नेपाल दूरसञ्चार प्राधिकरणका प्रविधि विज्ञहरुले स्पष्ट पारेका छन् ।

आइतबार पत्रकारहरुसँगको कुराकानीमा प्राधिकरणका प्रविधि विज्ञ मोहम्मोद हर्वले टेरामक्स प्रविधिले कल रेकर्ड नगर्ने र सो प्रविधिले दूरसञ्चार क्षेत्रको नियमनमा सहयोग पुर्याउने गैरकानुनी क्रियाकलापहरू रोकिने दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुबाट प्राप्त हुने सेवाको गुणस्तर मापन गर्ने लगायत थुप्रै फाइदाहरु टेरामक्स प्रविधिको प्रयोगबाट हुने प्रविधि विज्ञ हर्वले प्रष्ट पारेका छन् ।

एनटीसी र एनसेलजस्ता कम्पनीका ग्राहकको संख्या र सेवा बढेको भएपनि राजस्व घट्दै गएकाले त्यसको कारण पत्ता लगाउन पनि  टेरामक्स प्रविधि जडान आवश्यक छ । हाल दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुबाट अर्बौं राजस्व छली भएको अनुमान भैरहेको छ। टेलिकम अपरेटरका बेथिति नियमन गर्न प्रविधि जडान गर्न लाग्दा अनावश्यक हस्तक्षेप नेपाल दूरसञ्चार प्राधिकरणले भोग्दै आएको छ ।

टेलिकम कम्पनीहरुले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) ल्याएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । अध्यक्ष खनालले व्यक्तिगत फोन ट्याप नगर्ने दाबी समेत गरे ।