आगामी निर्वाचनमा समानुपातिकतर्फ ५८ चुनाव चिह्न
खबर एक्सप्रेस
१३ घण्टा अगाडि
Total Shares: 13
काठमाडौं - निर्वाचन आयोगले आसन्न निर्वाचनको समानुपातिक तर्फको मतपत्र छपाइको काम सुरु गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शुक्रबारबाट मतपत्र छपाइको काम सुरु गरिएको हो ।
माघ ९ गतेसम्म सकिने गरी सो पत्रको छपाइको काम सुरु गरिएको उनले बताए । प्रवक्ता भट्टराईका अनुसार माग १० गतेपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिनेछ ।
प्रत्यक्ष तर्फको उम्मेदवारहरूको मनोनयन माग ६ गते हुने र ९ गते उनीहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेकाले त्यसपछि मतपत्र छपाइको काम सुरु गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
प्रवक्ता भट्टराईले समानुपातिक तर्फको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह समावेश रहेको पनि बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस