बुटवल - रुपन्देहीमा एक किशोरीमाथि सामूहिक बलात्कार गर्ने तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सम्मरीमाई गाउँपालिका-३ थुम्हवा गाउँमा आयोजित महायज्ञमा पुगेकी १६ वर्षीया एक किशोरीलाई कुनै बहानामा केही टाढा बोलाइ सामूहिक बलात्कार गरेको अभियोगमा स्थानीय तीन जना युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी रुपन्देहीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।