काठमाडौं - आइतबार सभामुखमा निर्वाचित भएका अग्निप्रसाद सापकोटाविरुद्धको रिटमाथिको सुनवाई न्यायाधीश सपना प्रधान मल्लले गर्ने भएकी छिन् ।
सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सुनुवाई गर्नेछ ।
आज न्यायाधीश मल्लको एकल इजलासमा ७ औँ नम्बरमा सभामुख सापकोटाविरूद्धको रिट तोकिएको छ। अघिल्ला ६ वटा मुद्दामा सुनुवाई सकिएपछिमात्र यो मुद्दाको सुनुवाई सुरू हुनेछ।
आइतबार फुयाँलको इजलासमा भने पहिलो नम्बरमै राखिएको थियो। उक्त रिटमाथिको पेशी तोकिएकोमा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएपछि पेशी स्थगित भएको थियो ।
यसअघि सापकोटा विरूद्ध सुशील प्याकुरेल लगायतले हालेको रिटमा बहस गरेकाले आफूले यो रिट हेर्न नमिल्ने बताएपछि उक्त रिटको पहिलो सुनुवाई हिजो हुन सकेन।
सापकोटा माथि लागेको हत्या आरोपसम्बन्धी विभिन्न रिट अदालतमा विचाराधीन भएकाले पनि उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिट आइतबार न्यायाधीश हरि फुयाँलको इजलासमा परेको थियो।
सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले अन्तरिम आदेशको माध्यमबाट सभामुखमा निर्वाचित नगराउन रिट दायर गरेका थिए ।

.gif)


