लुम्बिनी प्रदेशमा कोरोना बिरामीको उपचार निशुल्क हुने व्यवस्था यथावत्ः मुख्यमन्त्री पोखरेल
काठमाडौं - कोरोना महामारीका बीच सरकारले कोरोना संक्रमितले आफ्नो उपचार सहित अन्य खर्च सबै आफैंले बहोर्नुपर्ने सरकारको निर्णय गरेको थियो । उक्त निर्णय गरेसँगै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइराखेको छ ।
तर, केन्द्र सरकारको निर्णयलाई मात दिदै लुम्बिनी प्रदेश सरकारले भने कोरोना संक्रमितको उपचार निशुल्क रुपमा गर्ने निर्णय यथावत् राखेको छ । उक्त प्रदेशमा ४ वटा अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार हुँदै आइरहेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यसको जानकारी दिएका हुन् । कोरोनाका बिरामीहरुको उपचार गर्ने अस्पतालहरुमा भैरहवाको भीम अस्पताल, बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ तथा बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस