काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

आइतबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, सोमबार तेजाबी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको भाउ भने बढेको छ । सोमबार प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।