सिस्नो किन खाने ? पढ्नुहोस् फाइदै फाइदा
काठमाडौं - हामीले आफ्नो भोजनका कहिले काँही सिस्नोलाई पनि सामेल गर्नुपर्छ । सिस्नोमा हाम्रो शरीरलाई चाहिने भिटामिन, आइरन, फमिक एसिड लगाएत तत्वहरु पाइन्छन् ।
त्यसोत, सिस्नोको नियमित सेवनले किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइट ब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ ।
यस्ता छन् सिस्नोको फाइदाहरु-
– महिलाहरुका लागि सिस्नो एकदमै उपायोगी हुन्छ किनभने यसमा पर्याप्त फलाम तत्व हुन्छ जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ । यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पु–याउँछ ।
– यतिमात्र होइन यसले गर्भवती महिलाको पेटको बच्चालाई मजबुत पार्न र रक्तश्राव रोक्नस हयोग गर्छ । सिस्नोलाई ‘हर्बल टनिक्स’हरुमा महिलाहरूको योनीमा आउने बिबिरा हटाउन र मासिक धर्म नियमत होस् भन्ने प्रयोजनका लागि समेत प्रयोग गर्ने गरिन्छ ।
– पाचनमा सिस्नो लाभदायक हुन्छ । रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायक हुन्छ ।
– त्यस्तै मुत्रनलीमा हुने अवरोध हटाउनमा पनि सिस्नो सहायक रहन्छ ।
– शरीरका अङ्गहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नोको सेवनले आराम दिन्छ । त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ ।
– कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ । डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन यो वनस्पति उपयोगी छ ।
फेसबुक पेज Like गर्नुहोस