त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोह पौष ३ गते
खबर एक्सप्रेस
२०७६-०८-२९ ११:०० मा प्रकाशित
Total Shares: 1163
काठमाडौं - त्रिविका कुलपति एव सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोह पौष ३ गते बिहिवार हुने भएको छ ।
उक्त कार्यक्रम ललितपुर स्थित पुल्चोक क्याम्पसको प्राँगणमा विहान १०: ३० बजे हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
त्रिवि अन्तर्गत पाँच वटा अध्ययन संस्थान, ३५ वटा केन्द्रीय विभाग, ६० वटा आंगिक क्याम्पस र १ हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पस संचालनमा छन् । उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा बढी त्रिविमा अध्ययनरत छन् ।
फेसबुक पेज Like गर्नुहोस