काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको शान्ति, सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनमा सहयोग पुर्‍याउन सबै पक्षसँग अपिल गरेकी छन् ।

आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले देशले थप अस्थिरता झेल्न नसक्ने भन्दै शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न र जनताबाट अनुमोदन प्राप्त गर्ने लोकतान्त्रिक बाटो अपनाउन आग्रह गरेकी हुन् ।