पश्चिम एसियामा फँसेका नेपालीको उद्धारका लागि आजदेखि विशेष उडानको व्यवस्था
काठमाडौं - सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र सुरक्षित आवागमनका लागि विशेष उडानको व्यवस्था गरेको छ।
मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धारका लागि आजदेखि विशेष उडान सञ्चालनको व्यवस्था गरेको हो ।
शुक्रबार परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले प्रेस ब्रिफिङको आयोजना गर्दै मध्यपूर्वमा सहज आवागमन र स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिए।
उनकाअनुसार शुक्रबार काठमाडौं-दुबई, शनिबार दुबई-काठमाडौं, आइतबार काठमाडौं-दमाम, आइतबार दमाम-काठमाडौं उडान हुनेछन् । जसका लागि हालसम्म साउदीबाट ६५० जना, १५० जना रबहराइनबाट करिब १०० जना नेपाल र्फकन इच्छुक रहेका छन् ।
प्रवक्ता क्षेत्रीका अनुसार प्रिबुक भएका तथा नेपाल फर्कन चाहने नागरिकहरुलाई फिर्ता ल्याइने छ । त्यस्तै नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमा टिकट उपलब्ध गराउन अनुरोध गरिएको समेत प्रवक्ता क्षेत्रीको भनाइ छ ।
यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २९१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस