काठमाडौं - उद्योगी तथा सहित्यकार वसन्त चौधरीलाई कारोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफुलाई कोरोना पोजेटिभ देखिएको जनाएका हुन् । 

उनले कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको र आफ्नो स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाएका छन् ।

चिकित्सकको सल्लाह अनुसार घरमा नै आइसोलेसनमा बसेको उनले जानकारी दिएका छन् । उनले पछिल्लो समय आफ्नो सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गर्न पनि अनुरोध गरेका छन् ।

चौधरी उद्योगपति विनोद चौधरीका भाइ हुन । वसन्त चौधरी नर्भिक अस्पतालका संचालक समेत हुन् ।