काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदैछ । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा शुक्रबारदेखि जारी भेलाको आज समापन हुने भएको हो ।
शुक्रबार उद्घाटन समारोह आयोजना गरिएको भेलामा शनिबार बन्दसत्र सञ्चालन भएको थियो। बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता तथा पार्टी संरचनासम्बन्धी विभिन्न प्रस्ताव प्रस्तुत भएका थिए।
बन्दसत्रमा नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्माले विभिन्न विषयमा प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत गरेका थिए।
भेलामा प्रस्तुत राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनका कारण नेपाली कांग्रेस कमजोर बनेको दाबी गरिएको छ।
प्रस्तावमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ८८ सिट जितेको कांग्रेस अहिले ३८ सिटमा सीमित हुन पुगेको उल्लेख गर्दै विशेष महाधिवेशन विधानविपरीत भएको आरोप लगाइएको छ।
पूर्वअर्थमन्त्री प्रकाशशरण महतले पार्टीको आर्थिक नीतिमा परिवर्तन आवश्यक रहेको प्रस्ताव गरेका छन्। उनले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्न, कानुनी प्रक्रिया सरल बनाउन तथा परियोजनाको सम्भावनाका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

.gif)


