काठमाडौं - हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल प्रस्थान गरेका छन् ।

अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनीहरु फ्लाइ दुबईको विमानमार्फत सोमबार बिहान इजरायल प्रस्थान गरेका हुन् ।

इजरायल सरकारले विपिनको रिहाइ अभियानलाई सशक्त बनाउन उनीहरूलाई त्यहाँ लगेको हो । विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

वि.सं २०८० असोज २० गतेदेखि उनी परिवारसँग सम्पर्कविहीन छन् । हमास आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।