काठमाडौं - सिराहाका एक युवकको विराटनगरमा अपहरणपछि हत्या भएको छ।

विराटनगरको बसपार्कस्थित न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा सिरहा गोलबजार घर भएका १८ वर्षे अंशु सदाको हत्या भएको मोरङको प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की छन् ।

अपहणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको एसपी कोइरालाले बताए ।