काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिक  बदली रही देशका तराईका भू-भागमा हुसु /कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । रातिमा भने देशको उच्च पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

त्यस्तै, सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  हल्का हिमपातको संभावना रहेको छ।