ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
खबर एक्सप्रेस
२०७७-०३-१९ ०१:१४ मा प्रकाशित
Total Shares: 507
काठमाडौं - पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेर देखि छलफल जारी छ ।
दुई अध्यक्षबीचको छलफलले विवाद समाधानका लागि सहयोग पुग्ने एक नेकपा नेताले बताए । शनिबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाको कार्यसूची छ ।
प्रचण्ड माधव नेपाल समूहले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । तर, ओली कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन् ।
फेसबुक पेज Like गर्नुहोस