चीनबाट उद्धार गरी ल्याइएका कसैमा पनि कोरोना भाइरसको संक्रमण छैन : स्वास्थ्य मन्त्रालय
खबर एक्सप्रेस
२०७६-११-०७ ११:०० मा प्रकाशित
Total Shares: 394
काठमाडौं - चीनबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीमा कोरोनाभाइरस नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पत्रकार सम्मेलन गरी यो जानकारी गराएका हुन् ।
उनीहरुलाई गत फागुन ४ गते काठमाडौं ल्याइएको थियो । त्यसपश्चात उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयकाअनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ ।
मन्त्रालयले कोरना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस