काठमाडौं - ट्वीटर भेरिफाइड गर्नका लागि अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ । ट्वीटर अकाउन्ट भेरिफाइड (निलो रंगको संकेत टिक मार्क)का लागि अब हरेक महिना प्रयोगकर्ताले आठ डलर तिर्नुपर्ने भएको हो ।

यसअघि भेरिफाइड अकाउन्टका लागि २० डलरको प्रस्ताव राखेका ट्वीटरका सीईओ एलन मस्कले आठ डलर प्रस्ताव गरेका छन् ।

एलन मस्कले भेरिफाइड अकाउन्टका लागि सुविधा पनि उपलब्ध गराउने बताएका छन् । यो नयाँ योजनाले ट्वीटरको आम्दानी बढ्ने र सामग्री बनाउनेलाई पनि फाइदा हुने मस्कले बताएका छन् ।