बलात्कार आरोपी एमालेका सांसद् बानियाँ निलम्बित
खबर एक्सप्रेस
२०७८-११-२२ ०२:४० मा प्रकाशित
Total Shares: 225
काठमाडौं - बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् ।
मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ । नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् ।
फेसबुक पेज Like गर्नुहोस