काठमाडौं - काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज (सोमबार) बिहान निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ ।

८५ वर्षीय सिंह लामो समयदेखि अल्सरको समस्याबाट पीडित थिए । पूर्वमन्त्रीसमेत रहेका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगी भएरसमेत काम गरेका थिए ।

पछिल्लो समय भने उनले कांग्रेस परित्याग गरेका थिए । २०४९ मा स्थानीय निर्वाचन जितेर सिंह काठमाडाैँ महानगरपालिकाका मेयर बनेका थिए ।