विश्वकप लिग–२ : स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल
खबर एक्सप्रेस
५३ मिनेट अगाडि
Total Shares: 32
काठमाडौं - आईसीसी विश्वकप लिग–२ अन्तर्गत सातौँ शृंखलाको तेस्रो खेलमा नेपाल स्कटल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।
स्कटल्याण्डको सामना गर्दा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला दिने सोचमा हुनेछ। पहिलो खेलमा नेपाल डीएलएस पद्धतिका आधारमा दुई रनले स्तब्ध भएको थियो ।
पछिल्लो खेलमा अमेरिकाविरुद्ध ९ विकेटको जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । शीर्ष चारको सम्भावना जीवितै राख्न नेपाललाई जित्नै पर्ने दबाब छ ।
यो खेलमा जित निकाल्न सके नेपाल पाँचौँ स्थानमा उक्लिने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस