थप ३ हजार ६३७ संक्रमित थपिए, १२ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-१०-१९ ०५:३० मा प्रकाशित
Total Shares: 213
काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकमा ३ हजार ६३७ जना कोराेनाभाइरस संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज थप ७ हजार ५५५ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमित संख्या ६९ हजार २९१ रहेको छ।
हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस