९३० जना कोरोना संक्रमणमुक्त, २ को मृत्यु
खबर एक्सप्रेस
२०७८-११-११ ०५:०३ मा प्रकाशित
Total Shares: 221
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ३१२ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ८६९३ जनाको नमुना परीक्षण गरिएकोमा ३१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा थप २ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३० पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ९११ जना संक्रमणमुक्त भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस