उनेपाको उज्यालो प्रतिवद्धता सभा भोलि, कुलमानले सम्बोधन गर्ने
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 27
काठमाडौं - उज्यालो नेपाल पार्टीले भोलि काठमाडौंस्थित खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने भएको छ ।
पार्टीले शुक्रबार पत्रकार सम्मेलन गर्दै निर्वाचनलक्षित प्रतिवद्धता सभा गर्न लागिएको जानकारी गराएको हो ।
पार्टीका प्रचारप्रसार समितिका संयोजक श्रीराम गुरुङले पार्टीका प्रतिवद्धताहरुलाई जनतालाई बुझाउनको लागि सभा गर्न लागिएको जानकारी दिए।
काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार समेत रहेका गुरुङले सभामार्फत ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना र मुलुकको विकासको स्पष्ट रोडम्याप सार्वजनिक गरिने बताए ।
सभालाई पार्टी अध्यक्ष कुलमान घिसिङले सम्बोधन गर्ने छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस