कांग्रेसले मंसिर २९ गते देशव्यापी आन्दोलन गर्ने
खबर एक्सप्रेस
२०७७-०८-१९ ०६:३७ मा प्रकाशित
Total Shares: 360
काठमाडौं - कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ ।
शुक्रबार दिउँसो सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिमाथि तनहुँमा भएको दुर्व्यवहार र सरकारको अधिनायकवादी चरित्रविरुद्ध आन्दोलन गर्ने निर्णय गरिएको एक नेताले जानकारी दिए ।
ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेपछि नेता पौडेललाई प्रहरीले बुधबार ३ घण्टा नियन्त्रणमा राखेर छोडेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस