भारतका इतिहासकार रामचन्द्र गुहा पक्राउ
खबर एक्सप्रेस
२०७६-०९-०३ ११:०० मा प्रकाशित
Total Shares: 358
काठमाडौं - नागरिकता संशोधन कानून पारित गरेको विरोधमा प्रदर्शनमा उत्रिएका भारतका इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका छन् ।
सञ्चारकर्मीहरुसँग नागरिकता कानूनबारे बोल्दै गर्दा गुहालाई प्रहरीले बैंग्लोरबाट नियन्त्रणमा लिएको हो ।
भारत सरकारले अफगानिस्तान, पाकिस्तान र बांग्लादेशका गैरकानूनी गैरमुस्लिम (हिन्दु) आप्रवासीलाई नागरिकता दिने विद्येयक पारित गरेपछि केही दिनदेखि नागरिकता संशोधन विद्येयक खारेजीको माग सहित विरोध प्रदर्शन भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस